Rule 128
उपदान वा निवृत्तभरण सम्बन्धी विशेष व्यवस्था
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिपछि नयाँ नियुक्त हुने
शिक्षकले यस परिच्छेद बमोजिम उपदान वा निवृत्तभरण पाउने छैन । त्यस्ता शिक्षकलाई उपदान वा निवृत्तभरण दिने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एक निवृत्तभरण कोष स्थापना गर्र्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम स्थापना भएको कोषमा जम्मा हुने गरी विद्यालयको त्यस्तो शिक्षकले आफूले पाउने मासिक तलबबाट सोही सूचनामा तोकिएको रकम कट्टा गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम नियुक्त हुने कुनै शिक्षक निवृत्तभरण पाउने अवधि नपुग्दै सेवाबाट हटेमा निजको नाममा उपनियम (२) बमोजिम कट्टा गरिएको रकम निजले लिन पाउनेछ । तर सेवाबाट बर्खास्त गरिएकोमा नेपाल सरकारबाट निजको नाममा रकम कट्टा गरिएको भए निजले लिन पाउने छैन ।